विषादी सेवनबाट श्रीमानको मृत्यु, श्रीमती र छिमेकी बालकको अवस्था गम्भीर

दाङमा श्रीमान–श्रीमतीको झगडापछि विष सेवन गर्दा २५ वर्षीय एक युवकको मृत्यु भएको छ भने उनकी २१ वर्षीया श्रीमतीको अवस्था  गम्भीर भएको छ । 

विष सेवनबाट दाङको बबई–५ बबरपुरका २५ वर्षीय भरत केसीको मृत्यु भएको हो । उनकी श्रीमती रीता केसीको कोहलपुरमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार उनीहरुको आठ वर्षीय छिमेकी बालक पनि आकस्मिक बिरामी परेपछि उनलाई उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा लगिएको छ । दम्पतीले विष सेवन गरेर फालेको बाँकी विष छिमेकी बालकले खाएको हुन सक्ने प्रहरीको अनुमान छ । 

मृत्यु हुनअघि भरतलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्याइएकाे थियो । त्यहाँ उपचार सम्भव नभएपछि बाँके लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

श्रीमान्‌को मृत्युको खबर सुनेपछि घरमा रहेकी श्रीमती रीताले पनि विषादी सेवन गरेकाे प्रहरीले जनाएकाे छ । उनको बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । 





  • प्रकाशित मिति : असोज १४, २०७७ बुधबार १७:१८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया