छुट अफरसहित ​प्याराग्लाइडिङ सञ्चालनमा

कोरोना महामारीका कारण ६ महिनासम्म बन्द रहेको प्याराग्लाइडिङ सञ्चालनमा आएको छ । असोज ५ गतेबाट परीक्षण उडान भइरहेको प्याराग्लाइडिङ असोज १५ गतेबाट नियमित सञ्चालनमा आएको हो ।

कोरोनाको जोखिमका कारण बन्द भएका कम्पनीले पुनः बुकिङ सुरु गर्न लागेको नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । सुरक्षाका निश्चित मापदण्ड अपनाएर परीक्षण गरेका कम्पनीले १५ गतेदेखि नियमित सेवा दिने उनले बताए ।

प्याराग्लाइङिड पुनः संचालनमा ल्याउन पाउँदा व्यवसायीमा उत्साह थपिएको अध्यक्ष भण्डारीले भनाइ छ । ‘यतिबेला सहुलियत दरमा आन्तरिक पर्यटक उडाउने सोच बनाएका छाँै, उनले भने, ‘पहिला ७५ सय शुल्क रहेकोमा अब नेपालीका लागि ५ हजार रुपैयाँमा उडाउने तयारी गरेका छौंँ ।

एक अर्व भन्दा बढी लगानी रहेको पोखराको प्याराग्लाइडिङमा छ महिनामा ५० करोड रुपैयाँ घाटा भएको व्यवसायीको भनाइ छ । 

विगतका वर्षमा २५ प्रतिशत आन्तरिक र ७५ प्रतिशत बाह्य पर्यटकका कारण सरदरमा दिनमा चार सय जना उडाउने गरेको बताउँदै उनले तत्काल आन्तरिक पर्यटकको माध्यमबाट नै प्याराग्लाइडिङ क्षेत्रमा केही सुधार ल्याउने योजना बनाएको बताए ।

पोखराको सराङकोट, तोरीपानी, मान्द्रे ढुंगाबाट ६० वटा कम्पनीले दैनिक प्याराग्लाइडिङ गराउने र फेवाताल किनारमा अवतरण  गर्छन् ।



सुरुआती दिनमा विदेशी पाइलटले धानेको पोखराको प्याराग्लाइडिङमा अहिले ३ सय ७० नेपाली पाइलट छन् । १० जना विदेशी पाइलट र १२ जना महिला पाइलट रहेका छन् ।



  • प्रकाशित मिति : असोज १५, २०७७ बिहीबार १३:४४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया