वैद्य, विप्लव र भट्टराईलाई प्रचण्डको आग्रहः समाजवादी आन्दोलनका लागि मूलधारमा आउनुस्

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी आन्दोलनका लागि मूलधारमा आउन डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण र नेत्रविक्रम चन्द विप्लवलाई आग्रह गरेका छन् । तत्कालीन माओवादी केन्द्रबाट फुटेर छुट्टाछुट्टै पार्टीमा लागेका तीन नेतालाई उनले छलफलमा आउन आग्रह गरेका हुन् ।

बिहीबार धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा विप्लव र अन्य पार्टीका नेताहरुलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले आफूहरु कुनै साम्राज्यवादी, एकाधिकारवादी नभएर समाजवादी आन्दोलनको तयारीमा रहेकाले मूलधारमा फर्कन विषयमा सोच्न उनीहरुलाई आग्रह गरेका हुन् ।

उनले भने, ‘किरणजी, बाबुराममजी र विप्लवजी पनि मूलधारतिरै फर्कने विषयमा सोच्नु देश र जनताको हितमा हुन्छ, जे छन् विवाद हामी सबै सँगै बसौँ, छलफल गरौँ र एउटा विधि प्रक्रियामा गएर निर्णय गरौँ ।’ 

कम्युनिस्टहरू विभाजित भएकैले समस्या भएको भन्दै उनले कम्युनिष्ट पार्टीमा बहस र छलफललाई सामान्य रुपमा लिनुपर्ने बताए । 





  • प्रकाशित मिति : असोज १५, २०७७ बिहीबार १६:३२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया