चिकित्सा शिक्षा सुधारको माग राखेर अनशनमा रहेका डा. गोविन्द केसीलाई आन्दोलन स्थगित गर्न सरकारले औपचारिक आग्रह गरेको छ ।
सरकारको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अहिले अनशनमा बस्नु सुहाउँदो विषय नभएको भन्दै अनशन तोड्न आग्रह गरेका हुन् ।
कोरोना कहरका कारण सबै नागरिकलाई कसरी जोगाउने भनेर सरकारको ध्यान केन्द्रित भएको अवस्थामा अनशन, सत्याग्रह, धर्नाजस्ता विषय सुहँदो नभएको मन्त्री ज्ञवालीको भनाइ छ ।
ज्ञवालीले केसीका धेरै माग पुरा भइसकेको बताउँदै उनले भने, ‘म सरकारको तर्फबाट आग्रह गर्न चाहन्छु । अहिले अनशन फिर्ता लिएर कोभिडविरुद्धको लडाइँमा जुटौँ । महामारीबाट पार पाइसकेपछि समय क्रममा बाँकी विषयमा छलफल गर्दै जान सकिन्छ ।’
डा. केसी १८ दिनदेखि अनशनमा छन् । जुम्लाबाट अनशन सुरु गरेका उनको स्वास्थ्य बिग्रिएपछि केसीलाई अहिले शिक्षण अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।