क्यानडामा अक्टोबर महिनामा पनि विदेशी यात्रुलाई निषेध

विदेशी यात्रुहरुलाई क्यानडा प्रवेश गर्न नदिने निर्णय एक महिना लम्ब्यिएको छ । कोरोनाको महामारीका कारण विदेशी नागरिकलाई अक्टोबर महिनाभरि आफ्नो मुलुक प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय क्यानडाले गरेको हो ।

देशका सार्वजनिक सुरक्षा मन्त्री बिल बलैरद्वारा जारी वक्तव्यमा विदेशहरुलाई यही अक्टोबर ३१ सम्म आउन नदिने निर्णय भएको उल्लेख गरिएको छ । यस्तो प्रतिबन्ध अमेरिकी देश बाहेकका देशबाट आउनेहरुलाई मात्रै लगाइएको पनि उनले स्पष्ट पारेका छन् । उनका अनुसार यस्तो प्रतिबन्ध अस्थायी हो । कोरोनाको सङ्क्रमणको खतरा कम भएपछि खुला गरिने उनको भनाइ छ । 

मन्त्री बलैरले अस्थायी कामका लागि आउन लागेका र कूटनीतिक अधिकारीहरुलाई पनि संघीय सरकारले आउनका लागि अनुमति दिन भने सक्ने स्पष्ट पारे । क्यानाडामा विदेशबाट आउनेहरूका लागि अहिले पनि क्वारेन्टाइनसम्बन्धी कडा व्यवस्था कायमै छ । यस्तो व्यवस्था गत मार्च ५ तारिखदेखि लागु भएको हो । 

क्वारेन्टाइनसम्बन्धी कानुनी व्यवस्था उल्लंघन गर्नेलाई दण्ड र जरिवानाको पनि व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् । उनीहरुलाई छ महिनासम्म कारावास सजाय हुन सक्ने व्यवस्था गरिएको छ । 

कोरोनाको महामारीबाट प्रभावित देशहरुको सूचीमा क्यानडा २६ औँ क्रममा रहेको छ । क्यानडामा अहिलेसम्म १ लाख ५८ हजार ७५८ जना सङ्क्रमित भएका छन् । ती मध्ये अहिलेसम्म ९ हजार २९७ जनाको मृत्यु भएको छ ।





  • प्रकाशित मिति : असोज १५, २०७७ बिहीबार १८:५३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया