एकै व्यक्ति १२ देशको राजदूतमा सिफारिस

बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले एकै व्यक्तिलाई दक्षिण अफ्रिकासहित १२ देशका लागि राजदूतमा सिफारिस गरेको छ । 

सरकारले कपिलवस्तुका डा. निर्मलकुमार विश्वकर्मालाई १२ वटा देशको राजदूतमा सिफारिस गरेको हो । 

सरकारले उनलाई दक्षिण अफ्रिकाका लागि आवासीय राजदूतमा सिफारिस गरेको छ । साथै, उनलाई बोत्स्वाना, केन्या, ल्यसुथु, कंगो, तान्जानिया, जाम्बिया, जिम्वावे, ग्यावोन, मोजाम्विक, मौरिसस र सिसेल्सका लागि गैरआवासीय राजदूतमा पनि सिफारिस गरिएको छ । 

सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिहीबारको ब्रिफिङमा सो जानकारी गराएका हुन् । 





  • प्रकाशित मिति : असोज १५, २०७७ बिहीबार १८:५६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया