‘देशमा उत्पन्न समस्या र तिनको निकास’बारे अन्तर्क्रिया गर्दै २० वाम दल तथा संगठन

नेपालमा अस्तित्वमा रहेका २० वाम दल तथा संगठनले देशको वर्तमान राजनीतिक अवस्थाबारे अन्तर्क्रिया गर्ने भएका छन् । 

उनीहरुले बिहीबार बैठक बसेर ‘देशमा उत्पन्न समस्या र तिनको निकास’ विषयमा बृहत् अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्ने सहमति गरेको नेकपा क्रान्तिकारीका नेता सिपी गजुरेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

अन्तर्क्रियामा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जागरण मञ्च, जनसमाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद, नेपाल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेकपा (बोल्शेविक), राष्ट्रवादी केन्द्र नेपाल, एमसिसी खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिष्ट पार्टी (माओवादी), मार्क्सवादी एकता अभियान, नेकपा (मार्क्सवादी) र नेकपा मार्क्सवादी (पुष्पलाल) सहभागी हुनेछन् । 

मुलुकमा पछिल्लो समयमा देखिएको विकराल समस्याको समाधानका लागि समग्र पत्रकार, वुद्धिजीवी, समाजका सबै परिवर्तन पक्षधरहरुलाई उक्त कार्यक्रमको जुममा जोडिएर संघर्षमा योगदान पुर्याउन उनीहरुले आह्वान गरेका छन् । 





  • प्रकाशित मिति : असोज १५, २०७७ बिहीबार १९:२५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया