बिहीबारः कोरोनाभाइरसबाट नेपालमा १५ जनाको मृत्यु

नेपालमा कोरोनाभाइरसको प्रभाव अझ बढ्दै छ । बिहीबार कोरोनाका कारण नेपालमा एकै दिन १५ जनाको मृत्यु भयो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार काठमाडौं उपत्यकामा ९ सयभन्दा धेरै कोरोना संक्रमित थपिए । अनि बिहीबार नै नेपालमा १५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । 

बिहीबार कोरोना संक्रमणबाट नेपालमा पहिलो पटक एक चिकित्सकले ज्यान गुमाएका छन् । त्यस्तै, ६ वर्षीय बालकको पनि कोरोनाका कारण नेपालमा मृत्यु भएको छ । 

रुपन्देहीमा ३ जना, काठमाडौं, सुनसरी र बाँकेमा २–२ जना, भक्तपुर, ललितपुर, धनुषा, रौतहट, सुर्खेत र मोरङमा बिहीबार कोरोनाका कारण एक एक जनाले ज्यान गुमाएका हुन् ।





  • प्रकाशित मिति : असोज १५, २०७७ बिहीबार २३:३६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया