बालुवाटारमा ओली–प्रचण्ड छलफलमा

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल सुरु भएको छ । 

सरकारले बेलायत, अमेरिका र अन्य देशका लागि राजदूत सिफारिस गरेको सन्दर्भमा यी दुई अध्यक्षबीच वार्ता सुरु भएको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीसँग कुनै सल्लाह नगरी अमेरिकी राजदूतमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई सिफारिस गरेको थियो ।

सरकारले यो निर्णय गरेपछि नेकपामा प्रचण्ड–माधव नेपाल समूहले असन्तुष्टि जनाएका छन् ।

मुख्यसचिव लोकदर्शन रेग्मीलाई राजीनामा दिन लगाएरर बेलायतको राजदूतमा सिफारिस गरेपछि यो असन्तुष्टि झन् बढेको छ ।





  • प्रकाशित मिति : असोज १६, २०७७ शुक्रबार १०:५०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया