नेकपाले शनिबार बोलायो सचिवालय बैठक
फाइल तस्वीर ।

सत्तारुढ कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक शनिबार बस्ने भएको छ ।

आज (शुक्रबार) विहान बालुवाटारमा भएको नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको छलफलले सचिवालय बैठक बोलाउने निष्कर्ष निकालेको हो । 

स्रोतका अनुसार आजको छलफलमा बिहीबार बेलायत र अमेरिकाका लागि भएको राजदूत सिफारिसको विषयमा छलफल भएको थियो । 

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले यी सिफारिसमा पार्टीको सल्लाह नलिएको र नमानेको भन्दै प्रचण्ड समूह यसमा असन्तुष्ट भएको छ ।





  • प्रकाशित मिति : असोज १६, २०७७ शुक्रबार ११:३८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया