नेपाल-भारत हवाई सेवा खुलाउने प्रस्ताव सीसीएमसीमा

नेपाल-भारत हवाई सेवा कात्तिक १ बाट खुलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयले प्रस्ताव गरेको छ । मन्त्रालयले सो प्रस्ताव सीसीएमसीमा पठाएको प्रवक्ता कमलप्रसाद भट्टराईले जानकारी दिए ।

‘नेपाल-भारत हवाई सेवा खुलाउन प्रस्ताव पठाएका छौं । निर्णय भइसकेको छैन’, उनले भने । भारतबाट आउँदा ७२ घण्टा अगाडिको पीसीआर परीक्षण नेगेटिभ भएको प्रमाण हुनुपर्ने, एउटै जहाजमा नेगेटिभ र पोजेटिभ रिपोर्ट भएका यात्रु ल्याउन नपाइने यसअघिको व्यवस्थालाई यसमा पनि प्रयोग गरिने उनले बताए ।

भारतले आफ्नो देशमा रहेका विभिन्‍न मुलुकका नागरिकलाई घर फर्काउन सक्ने गरी ‘एयर बबल स्किम’ जारी गरेपछि नेपालले भारतमा हवाई सेवा खुलाउने तयारी गरेको हो । नयाँ दिल्लीस्थित नेपाली दूतावासको समन्वयमा भारतमा रहेका नेपालीलाई स्वदेश फर्काउने गरी उडान खुला हुन सक्ने जनाइएको छ । तर, भारतमा कोरोना संक्रमणको दर उच्च रहेकाले तत्काल सीसीएमसी हवाई सेवा खुलाउन तयार हुने/नहुने स्पष्ट भइसकेको छैन । सीसीएमसीले निर्णय गरेर मन्त्रिपरिषद्‍बाट नेपाल-भारत हवाई सेवा पुनः सुरु हुन सक्नेछ ।

दसैं, तिहार नजिकिएको र भारतमा धेरै नेपाली रहेकाले उनीहरुलाई आउन सहज बनाउने गरी खुला हुन सक्नेछ ।

भारतले केही समय अगाडि नै नेपाली नागरिकलाई भारत जान र भारतीय नागरिकलाई नेपाल आउन दिने गरी हवाई सेवा खुलाउन पत्राचार गरेको नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।





  • प्रकाशित मिति : असोज १६, २०७७ शुक्रबार १५:८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया