कोरोनाबाट थप ११ जनाको निधन

कोरोनाभाइरस (कोभिड १९) का कारण नेपालमा थप ११ जनाले ज्यान गुमाएका छन् । शुक्रबार पछिल्लो २४ घन्टामा ११ जनाले कोभिड १९ का कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस बिफ्रिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पाँच सय २० पुगेको छ ।

शुक्रबार पछिल्लो २४ घन्टामा ललितपुरमा २ पुरुष, भक्तपुरमा २ महिला र बाँकेमा २ पुरुषको निधन भएको हो । त्यस्तै, मोरङ, मकवानपुर, रुपन्देहीमा एक–एक पुरुषको निधन भएको छ । सुर्खेत र काठमाडौंमा १–१ महिलाको कोरोनाका कारण निधन भएको छ ।





  • प्रकाशित मिति : असोज १६, २०७७ शुक्रबार १६:५३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया