‘दसैंमा घर जाँदा बुबाआमामा रोग सर्ने खतरा छ’

कोरोना संकटले जटिल अवस्था आएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना गइसकेपछि अर्को वर्ष धुमधामसँग दसैं मनाउन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले कोरोनाबाट जोगिन सबैलाई आग्रह गरेका छन् । उनले स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आउँदै गरेका चाडबाडमा विशेष सचेतता अपनाउन पनि अनुरोध गरे।

पत्रकार सम्मेलनमा उनले भने, ‘ठूला चाडबाड आउँदैछन् । हामी गाउँगाउँ जाँदै छौँ । एक पटक सोचौँ कतै हामीले कोरोना त बोकेका छैनौँ । जेष्ठ नागरिकसँग कोरोनासँग लड्ने क्षमता कम हुन्छ। उहाँहरुलाई संक्रमण भए अस्पताल नै भर्ना गर्नुपर्ने हुन्छ । त्यसैले दसैं अर्को पटक पनि आउँछ । बाआमा कहिल्यै आउनुहुन्न।’

उनले कोरोना आफैँ नसर्ने भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन पनि भनेका छन् । उनले भने, ‘कसैलाई भेट्नै परे भौतिक दूरी कायम गरौँ । जेष्ठ नागरिकलाई भेट्न परे दूरी राखेर भेटौँ । अंकमाल नगरौँ,  बुढा बुढीले प्रयोग गर्ने सामान सफा गरौँ, औषधि र खानपानको विशेष ख्याल गरौँ ।’





  • प्रकाशित मिति : असोज १६, २०७७ शुक्रबार १९:१९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया