अस्ट्रेलियाले न्युजिल्यान्डसँगको सीमा खुला गर्ने

अस्ट्रेलियाले न्युजिल्यान्डतर्फको सीमा खुला गर्ने भएको छ । कोरोनाका कारण निकै लामो समयदेखि बन्द रहेको सो सीमा खुला गर्ने शुक्रबार जानकारी दिएको हो ।

अस्ट्रेलिया सरकारले उक्त सीमा क्षेत्र केही हप्ताभित्रै खुला गर्ने जानकारी दिएको समाचारमा जनाइएको छ । अस्ट्रेलियाका उपप्रधानमन्त्री म्याक कोरम्याकले शुक्रबार सो कुराको घोषणा गरेका हुन् ।

अस्ट्रेलियाले न्युजिल्यान्डतर्फको सीमा खुला गर्ने जानकारी गराएसँगै अस्ट्रेलियाका पनि न्यु साउथ वेल्स र उत्तरी क्षेत्रको पर्यटकीय क्रियाकलापमा वृद्धि हुने जनाइएको छ । 
न्युजिल्यान्डका नागरिक तथा त्यहाँ रहेका अरु पनि देशका नागरिकले अस्ट्रेलिया प्रवेश पाउन सक्नेछन् । यसका साथै उनीहरुले अस्ट्रेलिया प्रवेश गरेपछि क्वारेन्टिनमा पनि बस्नु नपर्ने भएको छ । 

उनीहरुले कोरोनाको संक्रमण नभएको चिकित्सक प्रमाणपत्र देखाएपछि अस्ट्रेलिया प्रवेश पाउने र उनीहरुले यहाँ आएपछि पनि क्वारेन्टिनमा बस्न नपर्ने सरकारले जनाएको छ । 

न्युजिल्यान्डका नागरिक पर्यटकका रुपमा तथा अन्य विविध कामका लागि छिमेकी अस्ट्रेलिया आउने गर्दछन् । त्यसैले पनि अस्ट्रेलियाली नागरिकले सो सीमा क्षेत्र खुला गर्नुपर्ने आवाज पहिलेदेखि नै उठाउँदै आएका थिए । 





  • प्रकाशित मिति : असोज १६, २०७७ शुक्रबार १९:५९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया