ट्रम्पलाई ओलीको सन्देशः खतिवडा आउँदैछन्, बेसार पठाइदिम्ला !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोनाभाइरस संक्रमित भएपछि अहिले उपचारका लागि अस्पतालमा भर्ना भएका छन् । 

ट्रम्प संक्रमित भएपछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सामाजिक सन्जाल ट्विटरमा उनलाई स्वास्थ्यलाभको कामना गरेका छन् । 

तर, अहिले सामाजिक सन्जाल यस्ता विषयमा निकै अगाडि प्रस्तुत भएको हुन्छ, मिम र ट्रोल बनाउन । अनि कोरोना संक्रमित भएपछि ट्रम्प र ओलीको सन्दर्भलाई लिएर बनाइएको एउटा मिम अहिले निकै चर्चामा छ, ट्विटरमा । 

यो मिमसँग जोडिएका छन्, प्रधानमन्त्री केपी शर्मा ओली, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेपालका अमेरिकाका लागि राजदूत सिफारिस भएका डा. युवराज खतिवडा । 

खासमा कोरोना महामारी सुरु भएपछि प्रधानमन्त्री ओलीले बारम्बार दाबी गर्ने गरेका थिए, बेसारले ठिक हुन्छ कोरोना । 

अनि केही दिनअघि मात्र अमेरिकाका लागि नेपाली राजदूतमा सिफारिस भएका डा. खतिवडालाई यही प्रसंगमा जोडिएको हो । ट्रम्प कोरोना संक्रमित भएपछि ओलीले खतिवडासँग बेसार पठाइदिन्छु भनेको मिम हेर्नुहोस्– 





  • प्रकाशित मिति : असोज १७, २०७७ शनिबार १५:४९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया