अमेरिकी राष्ट्रपति ट्रम्प कोरोना उपचारका लागि सैन्य अस्पताल भर्ना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना उपचारका लागि सैन्य अस्पताल भर्ना भएका छन् ।  

कोरोना सङ्क्रमणपछि मेरिल्यान्ड राज्यको वाल्टर रिड मेडिकल सेन्टर भर्ना गरिएको रेग्नकोभ२ नामक औषधि चलाइएको ह्वाइट हाउसका डाक्टर सिन पी कोन्लीले बताएका छन् । 

यद्यपि, सो अनुसन्धानकै क्रममा रहेको बताइएको छ । केहीअघि उनलाई हल्का ज्वरो पनि आएको जनाइएको छ । ​ट्रम्पसँगै उनकी श्रीमती मेलानिया पनि कोरोना संक्रमित भएकी छिन् ।

ट्रम्पका चुनावी अभियानका प्रबन्धक बिल स्टेपिन पनि कोरोना सङ्क्रमित भएको जनाइएको छ । यसअघि ट्रम्पका पूर्वसल्लाहकार केल्यान कन्वेको पनि कोरोना रिपोर्ट पोजिटिभ आएको थियो ।

 





  • प्रकाशित मिति : असोज १७, २०७७ शनिबार १६:४१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया