प्रधानमन्त्री सचिवालयका ४ जनालाई कोरोना संक्रमण

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका ४ जनालाई कोरोना पोजेटिभ देखिएको छ । 

प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि प्रधानमन्त्री सचिवालयका फाेटाे पत्रकार राजन काफ्लेले पनि आफूलाई कोरोना संक्रमण भएको शनिबार बिहान जानकारी गराएका थिए । 

शुक्रबार गरिएको पिसिआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको भन्दै रिमाल र थापाले दुवैले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् । सल्लाहकारद्वयले आफूसँग केही दिन यता सम्पर्कमा रहेका व्यक्तिहरुलाई सचेत रहन समेत आग्रह गरेका छन् । 

‘हिजोको पिसिआर परीक्षणले ममा कोरोना पोजिटिभ देखियो । यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु’, रिमालले फेसबुकमा लेखेका छन् । 

त्यसैगरी, प्रेस सल्लाहकार थापाले पनि सामाजिक सञ्जाल ट्विटरमार्फत सोही भाषामा कोरोना पोजेटिभ देखिएकाले आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरुलाई सचेत रहन आग्रह गरेका छन् । 





  • प्रकाशित मिति : असोज १७, २०७७ शनिबार १७:१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया