थपिएका संक्रमित कुन जिल्लाका कति ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ९७८ जनामा पिसिआर परीक्षण गर्दा २१ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

अहिलेसम्म ८४ हजार ५ सय ७० जनामा संक्रमण भएको छ भने ६२ हजार ७४९ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा मत्रै थप २ हजार ४४ जना संक्रमणमुक्त भएका छन् । 

यस्ताे छ जिल्लागत विवरण :

पछिल्लो २४ घण्टामा उदयपुरमा ७, ओखलढुंगामा ४, खोटाङमा ५, झापामा ९, धनकुटामा १, मोरङमा १ सय ११, संखुवासभामा ३ र सुनसरीमा १ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

धनुषामा १३, पर्सामा १८, बारामा २५, महोत्तरीमा ५, रौतहटमा ८२, सप्तरीमा १९, सर्लाहीमा ५ र सिरहामा ८ जनामा कोरोना पाइएको छ ।

काठमाडौंमा मात्र एक हजार एक जनामा कोरोना पुष्टि भएको छ । काभ्रेमा १४, चितवनमा ७५, दोलखामा ४, धादिङमा ८, नुवाकोटमा ८, भक्तपुरमा ६७, मकवानपुरमा १२, रामेछापमा ६, ललितपुरमा १ सय ९, सिन्धुलीमा ६ र सिन्धुपाल्चोकमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।



कास्कीमा २२, गोरखामा ६, तनहुँमा १०, नवलपरासी पूर्वमा ८, पर्वतमा १, म्याग्दीमा १, लमजुङमा ३, बाग्लुङमा १ र स्याङजामा २ जनामा कोरोना पुष्टि भएको छ ।

अर्घाखाँचीमा २, कपिलवस्तुमा ६, गुल्मीमा २, दाङमा ४, नलवपरासीमा ६, पाल्पामा ७, प्युठानमा ६, बर्दियामा १०, बाँकेमा १९, रोल्पामा १ र रुपन्देहीमा ९८ जनामा कोरोना पाइएको छ ।



कालिकोटमा १, दैलेखमा ९ र सुर्खेतमा ४३, कञ्चनपुरमा ५, कैलालीमा ९३, डडेल्धुरामा २, दार्चुलामा १, बझाङमा १ र बाजुरामा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

  • प्रकाशित मिति : असोज १७, २०७७ शनिबार १७:३३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया