भेरी अस्पताल, नेपालगञ्जमा ६० वर्षीय एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।
दैलेख घर भई नेपालगञ्ज बस्दै आएका ६० वर्षीय पुरुषको शनिबार दिउँसो ४ः५६ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
उनलाई लामो समयदेखि मधुमेह, उच्च रक्तचाप र मुटुरोगको समस्या थियो । असोज १५ गते कोरोना पुष्टि भएपछि उनी उपचारका लागि अस्पताल गएका थिए ।
योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।