मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सुरु गर्यो अनलाइनबाटै परीक्षा

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइनबाटै परीक्षा लिन सुरु गरेको छ । विश्वविद्यालयले पहिलो चरणमा स्नातक तहको सातौँ र स्नातकोत्तर तहको तेस्रो सेमेष्टरको परीक्षा लिएको हो । 

परीक्षाको पहिलो दिन शनिबार स्नातक सातौँ सेमेष्टरका चारवटा संकायका विद्यार्थी सहभागी भएको पनिकाले जनाएको छ । उक्त परीक्षामा १ हजार ३ सय २० जना विद्यार्थी सहभागी भएका छन् । 

इन्जिनियरिङ, व्यवस्थापन, मानविकी र सामाजिक शास्त्र र शिक्षा शास्त्र संकायका विद्यार्थीले अनलाइनबाट परीक्षा दिएका छन् । विज्ञान तथा प्रविधिका विद्यार्थी भने परीक्षामा सहभागी छैनन् ।  

आइतबारदेखि स्नातकोत्तर तेस्रो सेमेष्टरका विद्यार्थी पनि सहभागी हुनेछन् । परीक्षा कात्तिक ३ गतेसम्म चल्नेछ । 

परीक्षामा बिहान ८ बजे इमेलमार्फत विद्यार्थीले प्रश्नपत्र प्राप्त गर्नेछन् । उक्त प्रश्नको जवाफ घरमै बसेर लेखी विद्यार्थीले बेलुकी ४ बजेसम्म पठाइसक्नुपर्नेछ ।





  • प्रकाशित मिति : असोज १७, २०७७ शनिबार १९:२४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया