प्रधानमन्त्रीको सुरक्षामा नयाँ टिम खटाउने तयारी, भेटघाट बन्द

प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा सबै भेटघाट बन्द गरिएको छ । शुक्रबार गरिएको स्वाब संकलनमा त्यहाँ कार्यरत ७६ जना र सचिवालयका चारजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि यस्तो कदम चालिएको हो ।

प्रधानमन्त्रीका प्रमुख राजीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै, बालुवाटारमा कार्यरत नेपाली सेनाका २८, सशस्त्र प्रहरीका १८, जनपद प्रहरीका २१ र राष्ट्रिय अनुसन्धानका तीन गरी कुल ७४ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको हो । 

बालुवाटारमा कार्यरत अझै ४५ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ । त्यसैले कोरोना संक्तमितको संख्या अझै बढ्ने देखिन्छ ।  

ठूलो संखयामा सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएपछि प्रधानमन्त्रीको स्रक्षाका लागि बालुवाटारमा नयाँ टिम खटाउन लागेको सुरक्षा निकायले जानकारी दिएका छन् ।
 





  • प्रकाशित मिति : असोज १७, २०७७ शनिबार १९:५७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया