अबका ४८ घन्टा ट्रम्पलाई क्रिटिकल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोनाभाइरस संक्रमण भएपछि अहिले अस्पतालमा भर्ना भएका छन् ।

यसअघि उनको अवस्था सामान्य भएको बताइएको थियो । तर, उनको अस्पतालमा उपचार गरिरहेका स्वास्थ्यकर्मीले अबको ४८ घन्टा उनको स्वास्थ्य क्रिटिकल हुने जानकारी ह्वाइटहाउसलाई दिएको सिएनएनले जनाएको छ । 

अहिले तत्काल ट्रम्पको पूर्ण स्वास्थ्य भएको विषयमा जानकारी नभइसकेकोे पनि बताइएको छ ।

यसअघि ट्रम्पलाई हेरिरहेका चिकित्सक डा. सिन कोन्लीले ट्रम्पको स्वास्थ्य सुधार भएको जानकारी दिएका थिए । अहिलेसम्म ह्वाइटहाउसले यसबारे केही औपचारिक जानकारी दिएको छैन ।





  • प्रकाशित मिति : असोज १७, २०७७ शनिबार २२:४२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया