सर्वोच्चमा एकल इजलास मात्र सञ्चालन

सर्वोच्च अदालतले कोरोना भाइरसका कारणले एकल इजलास मात्र सञ्चालन गरेको छ । केही न्यायाधीशमा सङ्क्रमण देखिएपछि सर्वोच्चले एकल इजलास मात्र सञ्चालन गरेको अदालतका सहप्रवक्ता देवेन्द्र दाहालले जानकारी दिए । 

उनका अनुसार सर्वोच्चमा सङ्क्रमणका कारणले केही न्यायाधीश अहिले होम आइसोलेसनमा रहेका छन् । सर्वोच्चमा एकल, संयुक्त र बृहत इजलास सञ्चालन हुँदै आएका थिए । आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र अर्का न्यायाधीश डा. मनोजकुमार शर्मा मात्र आएका छन् । न्यायाधीश डा. शर्माको एकल इजलास मात्र सञ्चालनमा छ । 

सहप्रवक्ता दाहालले एकल इजलासबाट रिट निवेदन, प्रारम्भिक सुनुवाइ हुने खालका र नगरी नहुने निवेदनको मात्र सुनुवाइ हुने जानकारी दिए । सर्वोच्च अदालतले जारी गरेको सूचनामा अदालतका न्यायाधीश, केही अधिकृत र कर्मचारी सङ्क्रमित भएको जनाइएको छ । अदालतले सङ्क्रमित सबै होम क्वारेन्टिन, आइसोलेसनमा रहेको पनि जानकारी दिएको छ ।





  • प्रकाशित मिति : असोज १८, २०७७ आइतबार १२:५५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया