पशुपति क्षेत्रमा प्रस्तावित गुरुयोजनाको विरोधमा ‘ब्ल्याक आउट’ गरिने

पशुपति क्षेत्रमा आइतबार र सोमबार साँझ ७:०० बजेदेखि ७:३० बजेसम्म बत्ती निभाउने (ब्ल्याक आउट) कार्यक्रमको घोषणा गरिएको छ । पशुपति क्षेत्र संयुक्त सङ्घर्ष समितिको आयोजनामा हालै प्रस्ताव गरिएको गुरुयोजनाको विरोधमा सो कार्यक्रम आयोजना गरिएको बताइएको छ । 

स्थानीयवासीसँग छलफल नगरी एकलौटी ढङ्गबाट गुरुयोजना बनाउने पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिवलगायत कर्मचारीको राजीनामा माग गर्दै पशुपति क्षेत्र संयुक्त सङ्घर्ष समितिले विरोध कार्यक्रम सार्वजनिक गरेको हो । समितिले विकास कोषको कार्यालयमा धर्ना दिने र कोष घेराउलगायत विरोधका कार्यक्रम घोषणा गरेको छ ।





  • प्रकाशित मिति : असोज १८, २०७७ आइतबार १३:१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया