बालुवाटारमा कोरोना संक्रमण बढेपछि नेकपा सचिवालय बैठक स्थगित
फाइल तस्बिर

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । आइतबारका लागि बोलाइएको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा कोरोना संक्रमण बढेका कारण स्थगित गरिएको हो ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको सचिवालयमा कार्यरत प्रमुख स्वकीय सचिव, प्रमुख सल्लाहकार, प्रेस सल्लाहकार, विदेश मामिला सल्लाहकार, प्रेस विज्ञ, फोटोग्राफरसहित ७ जना र बालुवाटारको सुरक्षार्थ खटिएका ६५ जनाभन्दा बढी सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएपछि प्रधानमन्त्री ओलीले शनिबार नै भेटघाट बन्द गरेका थिए ।

प्रधानमन्त्री ओली बैठकमा उपस्थित हुन नसक्ने भएपछि नेकपाको सचिवालय बैठक स्थगित गरिएको हो । यसअघि शनिबारका लागि बोलाइएको बैठक आइतबारका लागि सारिएको थियो । 

पछिल्लो समय नेकपाको स्थायी कमिटी बैठकको म्यान्डेडअनुसार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल मन्त्रिपरिषद् पुनर्गठन तथा संवैधानिक एवं राजनीतिक नियुक्तिका विषयमा छलफलमा रहे पनि यस विषयमा सहमति हुन सकिरहेको थिएन । छलफलकाबीच प्रधानमन्त्री ओलीले पार्टीको सल्लाहबिना मुख्यसचिव तथा बेलायत र अमेरिकाको राजदूत नियुक्त गरेपछि नेकपा सचिवालयका नेताहरू असन्तुष्ट रहेका छन् । उक्त नियुक्तिका विषयमा पनि सचिवालयमा नेताहरूले कुरा उठाउने तयारीमा थिए ।





  • प्रकाशित मिति : असोज १८, २०७७ आइतबार १४:१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया