नेकपाका अध्यक्ष ओली र प्रचण्डबीच बालुवाटारमा भेटघाट

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटवार्तामा समसामयिक विषयमा छलफल भइरहेको स्रोतले बताएको छ ।

भेटमा बालुवाटारमा कोरोना संक्रमण बढेसँगै  स्थगित भएको सचिवालय बैठकका विषयमा छलफल हुने बताएको छ । त्यस्तै, प्रदेश ५ को राजधानी र नामांकनबारे छलफल हुने अध्यक्ष प्रचण्ड निकट स्रोतले बताएको छ ।

प्रदेश ५ को राजधानी भालुवाङ तोक्ने प्रदेश सरकारको निर्णयपछि बुटवलमा दैनिकजसो आन्दोलन चर्किएको छ । आन्दोलनका कारण जनमत भड्किने त्रासमा नेकपा छ । विशेषतः महासचिव विष्णु पौडेलको निर्वाचन क्षेत्र रहेको बुटवलमा प्रदेशको अस्थायी राजधानी रहे पनि स्थायी राजधानी भालुवाङ तोकिदिएपछि नेकपा सचिवालय बैठक नै प्रभावित बनेको छ । त्यसैगरी, आजको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा पनि छलफल हुने स्रोतले बताएको छ ।

प्रधानमन्त्री ‌ओलीले शनिबारबाटै भटघाट बन्द गरेका छन् । 





  • प्रकाशित मिति : असोज १८, २०७७ आइतबार १६:१०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया