डा. केसीप्रति सरकारको उदासीनता लोकतान्त्रिक प्रणालीभित्र कम्युनिष्टतन्त्रको अनुदार चरित्र : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारसँग माग गरेका छन् ।

आइतबार एक वक्तव्य जारी गर्दै देउवाले २१ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य चिन्ताजनक अवस्थामा पुगेको भन्दै जीवनरक्षाको अपिल गरेका हुन् ।

केसीको अनशन २१ दिन पुगेर उनको स्वास्थ्य स्थिति चिन्ताजनक बनिसक्दा समेत सरकारले वार्ता गरेर माग पूरा गर्न कुनै गम्भीरता प्रस्तुत नगर्नु अत्यन्तै दुःखद र गम्भीर रहेको भन्दै देउवाले उनका माग तत्काल पूरा गर्न आग्रह गरेका छन् । 

उनका माग केवल एक व्यक्तिको माग नभएको र आफ्नो पार्टीले समेत निरन्तर उठाइरहेको तथा सिंगो देशले भावनात्मक ऐक्यबद्धता जनाएको उल्लेख गर्दै उनले भनेका छन्,  ‘जनभावनाअनुरुपका माग र आवाजलाई सुनुवाइ गर्नु सरकारको कर्तव्य हो ।’

डा. केसीप्रति सरकारले दुर्व्यवहारपूर्ण व्यवहार गर्नु आपत्तिजनक रहेको भन्दै उनले संवाद र समाधानमा सरकारले उदासीन व्यवहार देखाउनुले लोकतान्त्रिक प्रणालीभित्र कम्युनिष्ट तन्त्रको अनुदार चरित्रलाई पुष्टि गरेको बताए । 





  • प्रकाशित मिति : असोज १८, २०७७ आइतबार १६:३६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया