राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अनशनरत प्रा. डा. गोविन्द केसीको जीवन रक्षा गर्न आग्रह गरेका छन् ।
थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष डा. केसीको जीवन रक्षा गर्न ध्यानाकर्षण गराएका हुन् ।
मेडिकल शिक्षा सुधार र विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै डा. केसी अनशन बसिरहेका छन् ।
१९ औं अनशन जुम्लाबाट सुरु गरेको भए पनि केसी हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छन् ।
आज मात्रै उनलाई सास फेर्न कठिन भएपछि अक्सिजन दिइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।