बंगलादेश तेक्वान्दो अन्तर्राष्ट्रिय पुम्से च्याम्पियनसिपमा तेक्वान्दोकी आयशा शाक्यले स्वर्णपदक जितेकी छिन् । शाक्य १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा दोहोरो स्वर्णपदक विजेता हुन् ।
आइतबार अनलाइनमार्फत भएको च्याम्पियनसिपमा ४० वर्षमुनिको उमेर समूहमा शाक्यले पहिलो स्थान प्राप्त गरेकी हुन् ।
३० वर्ष मुनिको प्रतिस्पर्धामा पनि नेपाली खेलाडीले स्वर्ण र रजत पदक जितेका छन् । पार्वती गुरुङले स्वर्ण जित्दा नीता गुरुङ रजत पाएकी हुन् । गत सागमा पार्वतीले व्यक्तिगत र नीताले समूहमा स्वर्णपदक जितेका थिए ।
२४ वर्षमुनिको महिलातर्फ सिना मादेनले रजत पदक जितिन् भने २४ वर्ष मुनिकै पुरुषतर्फ कृष्णबहादुर तामाङले रजतपदक जिते ।
आइतबार अनलाइन पुम्सेमा ६ खेलाडीले भाग लिएका थिए । तीमध्ये पार्वती नेपाल पुलिस क्लबकी खेलाडी हुन् भने बाँकी त्रिभुवन आर्मी क्लबका खेलाडी हुन् ।
लगनखेलस्थित आर्मी फिजिकल टेर्निङ एन्ड स्पोर्टस सेन्टरबाट गरिएको अनलाइन प्रदर्शन गरेका हुन् ।
आर्मीका प्रशिक्षक ओलम्पिक दीपक विष्ट र दानबहादुर ऐरीको पहलमा खेलाडीहरुले च्याम्पियनसिपमा भाग लिएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।