भीमफेदीमा सुमो दुर्घटना, तीनजनाको निधन

मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ चिसापानीगढीमा आज मध्याह्न सुमो दुर्घटना भएको छ । सो दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ । 

ना १ ज ४१०६ नम्बरको सुमो दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै तथा एकजनाको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए । 

मृत्यु हुनेमा झापा जिल्लाकी २५ वर्षीया देवीकुमारी गिरीको पहिचान भएको छ । घटनास्थलमा मृत्यु भएका दुईजनाको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ । 

घाइतेको हेटौंडा अस्पताल र चुरे हिल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

आज बिहान ११ बजे हेटौंँडाबाट काठमाडौँ लागि छुटेको दक्षिणकाली सुमो सेवाको गाडी चिसापानी गढीमा दुर्घटना हुँदा सडकबाट झण्डै १०० मिटर तल खसेको थियो । 





  • प्रकाशित मिति : असोज १८, २०७७ आइतबार १९:३३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया