ट्रम्पलाई दिन थालियो डिक्जोमेथाजोन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डिक्जोमेथाजोन नामको औषधी दिन थालिएको छ । रगतमा अक्सिजनको मात्र कम भएपछि ट्रम्पलाई यो औषधी दिन थालिएको हो । 

अहिले ट्रम्पलाई यो औषधी दिन थालिए पनि उनी सोमबार अस्पतालबाट डिस्चार्ज हुनसक्ने बताइएको छ । 

यसअघि आजै ट्रम्पले ट्विटरमा एक ट्विट राख्दै आफू ठिक भएर फर्किने विश्वासमा रहेको बताएका थिए ।

डिक्जोमेथाजोन स्टेरोयड हो जसले शरीरको तापक्रम घटाउन मात्र सहयोग गर्दैन, शरीरको प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । 

पछिल्लो समय कोभिड १९ को उपचारमा यसलाई निकै महत्वपूर्ण औषधीका रुपमा लिन थालिएको छ ।





  • प्रकाशित मिति : असोज १८, २०७७ आइतबार २१:५६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया