चेन्नईको जितमा दुई ओपनरको आक्रमण : ५३ बल, ११ चौका, ८३ र ८७ रन

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार राति भएको खेलमा  चेन्नई सुपर किंग्सले  किंग्स ११ पञ्जाबमाथि रवाफिलो जित हात पारेको छ । 
  चेन्नईका दुई ओपनरले सानदार प्रदर्शन गर्दा १० विकेटको जित निकाल्न सफल भएको हो । 

दुबई अन्तिराष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको पञ्जाबले २० ओभरमा ४ विकेट गुमाएर १७८ रन बनाएको थियो । १७९ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईका दुई ओपनर सेन वाट्सन र फाफ डुप्लेसीले खतरनाक प्रदर्शन गरे । १७.४ ओभरमा कुनै विकेट नगुमाई १८१ रन बनाएर जित हासिल गरे। 


शेन वाटसन ५३ बलमा ११ चौका र ३ छक्का सहित ८३ रन र  फा डुप्लेसीले पनि ५३ बलकै सामना गरे । उनले ११ चौका र १ छक्का सहित ८७ रन बनाए । सुरुदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका चेन्नईका दुई पाका ब्याट्सम्यानका अगाडी पञ्जाबमा बलर निरीह सावित भए । 

सुरुमा ब्याटिङ गरेको पञ्चाबका लागि कप्तान तथा ओपनर लोकेश राहुलले सर्वाधिक ६३ रन बनाए । उनले ५२ बलमा ७ चौका र १ छक्का प्रहार गरे । 

अर्का ओपनर मयंक अग्रवालले २६ रन बनाउँदा निकोलस पुरनले १७ बलमा ३३ रनको योगदान गरे । मन्दीप सिंहले २७, सर्फराज खानले १४ र म्याक्वेल ११ रन पञ्जाबको खातामा जोडे । 

५ खेलमा पञ्जाबको यो चौथो हार हो । चेन्नईले ५ खेल खेल्दा दोस्रो जित आत पारेको छ । 





  • प्रकाशित मिति : असोज १९, २०७७ साेमबार ७:१५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया