डा. केसीको जीवनरक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पतालका चिकित्सकले र्‍याली गर्ने

अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै आज (सोमबार) दिउँसो त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले र्याली गर्ने भएका छन् । कोभिड र इमर्जेन्सिबाहेकका सेवा छाडेर आवासीय चिकित्सकहरुले दिउँसो १ देखि ३ बजेसम्म र्याली गर्ने भएका हुन् । 

उक्त र्याली अस्पतालदेखि सुरु भएर महाराजगन्जसम्म सकिनेछ । 

डा. केसी चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै विगत २२ दिनदेखि आमरण अनशनमा छन् । उनको स्वास्थ्य अवस्था निकै खस्किरहेको छ । सास फेर्न गाह्रो भएपछि आइतबारदेखि उनलाई अक्सिजन दिन थालिएको छ । 

डा. केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएपनि उनले कुनै पनि किसिमको उपचार लिन मानेका छैनन् । उनलाई तुरुन्तै आइसियूमा सार्नु पर्ने हरेक दिन प्रकाशित हुने डा. केसीको स्वास्थ्य बुलेटिनमा उल्लेख छ । तर उनले आफ्ना माग पुरा नभएसम्म थप उपचार नलिने अडान जारी नै राखेका छन् ।

डा. केसीले ६ बुँदे मागसहित अनशन सुरु गरेको २१ दिन बितिसक्दा पनि सरकारले उनीसँग वार्ता गर्न कुनै चासो देखाएको छैन । 

यो डा. केसीको १९ औं पटकको अनशन हो । उनले १९ औँ पटकको अनशन भदै २९ गतेदेखि जुम्लामा सुरु गरेका थिए ।
 





  • प्रकाशित मिति : असोज १९, २०७७ साेमबार ११:५४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया