‘डा. केसीका माग पूरा नभए निम्तिनसक्ने दुर्घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ ’

नेपाली कांग्रेसले डा. गोविन्द केसीका माग पूरा नभए उत्पन्न हुने दुर्घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ ।

डा. केसीले चिकित्सक क्षेत्र सुधारको माग राख्दै अनशन बसेको २२ दिन पुग्दा पनि वार्ताका लागि तयार नभएको सरकारले भोलि निम्तिन सक्ने दुर्घटनाको जिम्मा लिनुपर्ने कांग्रेसको भनाइ छ । प्रवक्ता विश्वप्रकाश शर्माले समयमै माग सम्बोधनका लागि सरकारसँग आग्रह गरे ।

डा. केसीले उठाएका मागहरु समयमै सम्बोधन गर्न नसके भोलि उत्पन्न हुने दुष्परिणामको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने उनले बताए । अनशनको २२ दिन पुग्दा पनि सरकारले वार्ता समेत सुरु नगर्दा लोकतान्त्रिक आवरणभित्र कम्युनिस्टतन्त्र जागृत भइरहेको शर्माले बताए । अधिनायकवादी आकांक्षा राखेर अगाडि बढेको सरकारले केसीका मागहरु सुनुवाइ गर्न ढिलाइ गरिरहेको उनले बताए । 

नेपाली कांग्रेसको सरकारले गरेका निर्णयहरु उल्ट्याउँदा अहिलेको अवस्था आएको उनले बताए । कांग्रेसले शुल्क समायोजन, अध्यादेशमार्फत ७५ प्रतिशत छात्रवृत्ति, काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने, एउटा विश्वविद्यालयले ५ मेडिकल कलेजलाई मात्रै सञ्चालनको अनुमति दिने निर्णय गरे पनि सरकारले सबै निर्णय उल्ट्याउँदा अहिलेको अवस्था आएको प्रवक्ता शर्माले बताए । आइतबार नै कांग्रेस सभापति शेरबहादुर देउवाले डा. केसीका माग पूरा गर्न सरकारलाई अपिल गरेका थिए ।

 





  • प्रकाशित मिति : असोज १९, २०७७ साेमबार १४:४०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया