तनहुँको जिल्ला संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले स्वदेश तथा विदेशबाट चाडपर्व मनाउन घर आउने व्यक्तिलाई १४ दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेको छ ।
घर फर्किनेहरुको वडास्तरसम्मै तथ्यांक राख्ने र अनिवार्य क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउन स्थानीय अनुगमन समितिलाई थप सक्रिय र प्रभावकारी बनाउने निर्णय भएको जिप्रका तनहुँले जानकारी गराएको छ ।
चाडपर्वमा स्वदेश तथा विदेशबाट धेरै सर्वसाधारण जिल्ला फर्किने हुँदा कोरोना संक्रमणको जोखिम बढ्ने निष्कर्ष निकाल्दै सो निर्णय भएको जिप्रकाले जनाएको छ ।
पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आउनेले भने क्वारेन्टिनमा बस्नु नपर्ने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।