सञ्जय दत्तको यस्तो तस्बिर देखेपछि शुभचिन्तक दुःखी

बलिउड अभिनेता संजय दत्तको एक तस्बिर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। तस्बिरमा उनी कमजोर देखिएका छन्। अस्पतालमा उनी एक महिला डाक्टरका साथ उभिएका छन्। 

अभिनेता दत्तलाई क्यान्सर भएको केही दिनअघि पत्ता लागेको थियो। यसकै कारण उनी सिनेमा क्षेत्रबाट केही समयका लागि ब्रेक लिएका छन्। 
उनको यस्तो दयनीय तस्बिर देखेर उनका प्रशंसकहरु दुःखी भएका छन्। छिट्टै निको होस् भनी कामना गरिरहेका छन्। 

तस्बिरमा उनी निकै गलेको जस्तो देखिएका छन्। सिनेमामा बोल्ड सञ्जय दत्तलाई देखेका दर्शकहरु उनको यो रुप देखेर नमज्जा मानिरहेका छन्। उनको यो तस्बिर देखेर एक व्यक्तिले ट्विटरमा भनेका छन्‘बाबा धेरै कमजोर हुनुभएछ’। 

आफ्नो अवस्थाबारे बताउँदै दत्तले आफू उपचारमा रहेको जानकारी दिएका छन्। साथीहरु म अहिले मेडिकल उपचारमा छु, मेरा परिवार साथीहरु मेरो साथमा हुनुहुन्छ। 
अन्तिम पटक सञ्जय दत्त सडक–२ मा देखिएका थिए।     





  • प्रकाशित मिति : असोज १९, २०७७ साेमबार १८:४७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया