सांसदलाई पार्टीको संस्कृति उल्लंघनको स्वायत्तता बिल्कुलै दिइएको छैनः कांग्रेस प्रवक्ता

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश ५ मा प्रदेशसभा सदस्यले गरेको तोडफोड र विरोध पार्टीको नीति र संस्कृतिविपरीत भएको बताएका छन् । 

‘प्रदेश ५ को संसदमा ३ सांसदले गरेको कुर्सी तोडफोड नेपाली कांग्रेसको नीति र संस्कृति विपरीत छ,’ उनले ट्विटरमा लेखेका छन्, ‘रोस्ट्रम भाच्नेदेखि संसदीय पद्धति नै नास्छौँ भन्ने कम्युनिस्ट पार्टीहरुलाई समेत रुपान्तरण गर्ने प्रशिक्षक रहेको दलका सांसदलाई पार्टीको संस्कृति उल्लंघनको स्वायत्तता बिल्कुलै दिइएको छैन ।’ 

प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङमा बनाउने प्रदेश सरकारकाे प्रस्तावविरुद्ध सोमबारको प्रदेश सभा बैठकमा प्रदेश ५ का कांग्रेस प्रदेशसभा सदस्यले कुर्सी तोडफोड गरेका थिए । 

संसदीय व्यवस्था कम्युनिस्टका लागि बाध्यता र कांग्रेसका लागि रोजाइको पद्धति भएको बताउँदै उनले परिमार्जित र सुसंस्कृत बनाउँदै अघि बढ्ने कर्तव्य पनि कांग्रेसकै भएको स्मरण गराएका छन् । 

पार्टीकै सांसदको पनि गलत क्रियाकलाप ढाकछोप नगर्ने उल्लेख गर्दै उनले थप लेखेका छन्, ‘अरुका गल्तीमा सच्याउँदै बढ्न प्रेरित गर्ने कांग्रेस आफ्नाको ‘छिटपुट’ भनेर छोप्दैन, कठोरतापुर्वक सच्याएर बढ्ने सामर्थ्य राख्नेछौँ ।’





  • प्रकाशित मिति : असोज १९, २०७७ साेमबार १९:५६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया