के ट्रम्पलाई साँच्चिकै कोरोना संक्रमण भएको हो कि उनको यो राजनीतिक स्टन्ट हो ?

गत वर्ष डिसेम्बरमा सबैभन्दा पहिले कोरोनाभाइरस मानिसमा देखिएको चीनको वुहानमा थियो । फेब्रुअरीसम्म आइपुग्दा यो भाइरस विश्वका अधिकांश देशमा देखियो ।

अनि अहिले यो भाइरसका कारण सबैभन्दा बढी प्रभावित भएको छ, अमेरिका । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ती बिग प्रोफाइलमा एक हुन्, जसलाई कोरोना संक्रमण पुष्टि भएको छ । अब त ट्रम्पलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको ४ दिन भइसकेको छ । उनीसँगै उनकी श्रीमती मेलानिया ट्रम्पलाई पनि कोरोना पुष्टि भएको थियो । 

तर, अहिले अमेरिकामा यही विषयमा ठूलो हंगामा हुन थालेको छ । यो हंगामा हुनुको कारण हो, ट्रम्पलाई कहिलेकहिले कोरोना परीक्षण गरियो र यो भाइरसका कारण उनको खास अवस्था के भएको हो भन्नेबारे तथ्यगत जानकारी बाहिर नआउनु ।

यो भाइरसले ट्रम्पको स्वास्थ्यमा कति असर गर्यो भन्ने विषयमा जानकारी अब विस्तारै आउला । तर, यसले उनको राजनीतिक यात्रामा पनि ठूलो प्रभाव पार्ने निश्चित छ ।

गत शनिबार र आइतबारको पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति कार्यालयमा यसबारेमा ट्रम्पको मेडिकल टिमसँग सोधिएको थियो । तर, उनको मेडिकल टिमले यसबारे बताउन चाहेन । अन्तिमपटक ट्रम्पको कोरोना परीक्षणमा रिपोर्ट कहिले नेगेटिभ आएको थियो भन्ने पनि त्यहाँ भनिएन ।



ह्वाइटहाउसले अहिलेसम्म दिएको जानकारीअनुसार बिहीबार साँझदेखि ट्रम्पलाई स्वास्थ्यमा समस्या देखिएको थियो । अनि उनको परीक्षणमा कोरोना पुष्टि पनि भयो । त्यही साँझ उनले यसबारे ट्विट गरेर जानकारी पनि दिएका थिए । 

अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलमा आएको समाचारअनुसार एउटा र्यापिड टेस्टमा ट्रम्पलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको हो । उनले अर्को एक मिडियामा दिएको फोन अन्तर्वार्तामा पनि यो स्वीकार गरेको बताइएको छ । 



तर, ट्रम्पको फेरि दोस्रो परीक्षण गरिएको भनिएको छ । त्यसपछि मात्र उनमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

अर्कोतिर ह्वाइटहाउसकी प्रेस सचिव केली म्याकएनानीले आइतबार साँझमा ट्रम्पको यो अवस्था र उनको कोरोना परिक्षण त्यसअघि कहिले गरिएको थियो भन्नेबारे जानकारी दिइनन् । उनले त ट्रम्पको परीक्षण बारम्बार भइरहेको भनेकी थिइन् ।

बिहीबार बेडमिन्स्टरमा आफ्नै न्यूजर्सीको गल्फ क्लबमा ट्रम्प एक कार्यक्रममा पुगेका थिए ।

त्यो दिन पनि ट्रम्प कोरोना संक्रमित भएको हुनसक्ने मानिएको छ । तर, ह्वाइटहाउसले अहिलेसम्म यसबारे पूर्ण जानकारी दिएको छैन । त्यसैले ट्रम्प कोरोना संक्रमित हुँदा पनि उनले राजनीति गरेको हुनसक्ने अनुमान गरिएको हो ।

फेरि डा. सन्जय गुप्ताले शुक्रबार ट्रम्पको स्वास्थ्य अचानक बिग्रँदा उनलाई कोरोना पहिले नै त भएको थिएन भन्ने आशंका गरेका छन् ।

फेरि शुक्रबार ट्रम्पको स्वास्थ्यमा आएको गिरावटबारे पनि ह्वाइटहाउसबाट प्रष्ट जानकारी आइसकेको छैन । 

अनि उनीसँग विभिन्न कार्यक्रममा भएका उपराष्ट्रपति माइक पेन्स पनि अहिलेसम्म आइसोलेसनमा गएका छैनन् । त्यसैले अहिले ट्रम्प कोरोना संक्रमित भएको विषयमा विभिन्न आशंका जन्मिएका हुन् ।

  • प्रकाशित मिति : असोज १९, २०७७ साेमबार २३:५६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया