पीएसजीका पूर्व स्ट्राइकर काभानी म्यानचेस्टरमा अनुबन्धित

एडिन्सन काभानी म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) का पूर्व स्ट्राइकर काभानी इंग्लिस क्लब युनाइटेडमा अनुबन्धित भएका हुन् । 

गत जुनको अन्तिममा पीएसजीबाट बाहिरिएका काभानी म्यानचेस्टर युनाइटेडसँग एक वर्षको सम्झौता गर्दै अनुबन्धित भएका हुन् । ३३ वर्षीय काभानी उरुग्वेका हुन् । 

विश्व फुटबलमा चर्चित नाम काभानीले पीएसजीबाट ३०१ खेल खेल्दा २०० गोल गरेर कीर्तिमान बनाएका छन् । उनले राष्ट्रका लागि ११६ खेलमा ५० गोल गरेका छन् । 

उनले अहिलेसम्म क्बल प्रतिस्पर्धा अन्तर्गत ५५६ खेलमा ३४१ गोल गरेका छन् । 





  • प्रकाशित मिति : असोज २०, २०७७ मंगलबार ६:१७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया