स्तन क्यान्सर पीडितको पक्षमा डुप्लेसिसको गुलाबी ब्याट र पञ्जा

अहिले इन्डियन प्रिमियर लिग (आइपिएलको) तेह्रौं संस्करण चलिरहेको छ । मैदानमा  खेलाडीहरूको विभिन्न क्रियाकलापले चर्चा पाइरहेका छन् । चेन्नई सुपर किंग्सबाट आइपिएल खेली रहेका दक्षिण अफ्रिकाका ब्याट्म्यान फाफ डुप्लेसिसले भने खेलभन्दा पनि आफूले प्रयोग गरिरहेको गुलाबी रंगको ब्याट र पञ्जाका कारण प्रशंसा पाइरहेका छन् ।  

हामीले चेन्नईको प्रत्येक खेलमा डुप्लेसिसले गुलाबी ब्याट तथा पञ्जाको प्रयोग गरिरहेको देखेका छौं तर यस पछाडिको कारण भने धेरैलाई थाहा नहुन सक्छ । यसको कारण हो स्तन क्यान्सरबाट पीडित महिलाहरूको समर्थन ।

डुप्लेसिसले पहिलो पटक गुलाबी ब्याट र पञ्जाको प्रयोग गरेका होइनन् । उनले लामो समयदेखि स्तन क्यान्सरबाट पीडित महिलाहरूको समर्थनमा यो कदम चलाउँदै आएका छन् ।

यसअघि पनि दक्षिण अफ्रिका क्रिकेट टिमका सम्पूर्ण सदस्यहरूले स्तन क्यान्सरबाट पीडित महिलाहरूको समर्थनमा गुलाबी रंगको जर्सी लगाएर खेलेका थिए ।

दक्षिण अफ्रिकाको क्रिकेट टिमले पहिलोपटक सन् २०१३ मा पाकिस्तान विरुद्धको एकदिवसीय खेलमा गुलाबी जर्सी लगाएको थियो । त्यसयता दक्षिण अफ्रिकाले घरेलु मैदानमा हुने एक दिवसीय सिरिजको कम्तीमा पनि १ खेल गुलाबी जर्सीमा खेल्दै आएको छ ।

आइपिएलकै टिम राजस्थान रोयल्सले पनि स्तन क्यान्सरबाट पीडित महिलाहरूको समर्थनमा गुलाबी जर्सी प्रयोग गरिरहेको छ । 



त्यस्तै दक्षिण अफ्रिकाकै एबी डिभिलियर्स, भारतका कप्तान विराट कोहली लगायतले पनि केही खेलमा गुलाबी ब्याट र पञ्जा प्रयोग गरेका थिए तर डुप्लेसीसले भने आफूले खेल्ने प्रायः सबै खेलमा यस्तो ब्याट र पञ्जाको प्रयोग गर्दै आएका छन् ।



  • प्रकाशित मिति : असोज २०, २०७७ मंगलबार १२:३१:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया