नेकपा सचिवालय बैठक सकियो
फाइल तस्बिर

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बालुवाटारमा बसेको सचिवालय बैठक सकिएको छ । दिउँसो चार बजेका लागि प्रधानमन्त्रीको सरकारी निवासमा बोलाइएको बैठक केहीबेर ढिलोगरी सुरु भएको थियो । 

बैठकमा पार्टीका सांगठनिक एकताबारे छलफल भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा संवैधानिक र राजनीतिक नियुक्तिबारे पनि छलफल सुरु भएको उनले बताए ।

आजको बैठकमा बिहीबार मन्त्रिपरिषदले गरेका संवैधानिक नियुक्ति, मन्त्रिपरिषद् पुनर्गठन, पार्टी एकताको बाँकी कामलगायतबारे छलफल हुने कार्यसूची रहे पनि मन्त्रिपरिषद् पुनर्गठनबारे भने कुनै छलफल नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन मन्त्री थप गर्नेबारे अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सोमबार छलफल गरेका थिए । 

प्रधानमन्त्रीले बिना सरसल्लाह पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्ति गरेपछि नेकपाभित्र फेरि असन्तुष्टि देखिएको छ । 





  • प्रकाशित मिति : असोज २०, २०७७ मंगलबार १९:८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया