क्रिकेटर ललितसिंह भण्डारी अस्पतालबाट डिस्चार्ज

भदौ २८ गते मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका नेपाली क्रिकेटर ललितसिंह भण्डारी मङ्गलबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।

२८ गते धनगढीबाट महेन्द्रनगर जानेक्रममा उनी सवार मोटर साइकललाई ट्रकले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । बाँकेको कोहलपुर मेडिकल कलेजमा सामान्य उपचारपश्चात् उनलाई भदौ २९ गते सिम्रिक एयरको हेलिकोप्टरमार्फत थप उपचाका लागि काठमाडौंको ग्राण्डी अस्पतालमा ल्याइएको थियो र असोज १ मा हात तथा खुट्टाको शल्यक्रिया गरिएको थियो ।

अवस्था सामान्य भएपछि उनको डिस्चार्ज गरिएको क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले जनाएको छ । उनको उपचारका लागि सहयोगस्वरुप उठेको १० लाख ८ हजारबाट काठमाडौं ल्याउँदा लागेको हेलिकप्टर खर्च ३ लाख ८० हजार  सम्बन्धित कम्पनीलाई भुक्तान गरेर बाँकी रहेको ६ लाख २८ हजार ललितकी श्रीमती ममता भण्डारीलाई हस्तान्तरण गरिएको संघले जानकारी दिएको छ । 





  • प्रकाशित मिति : असोज २०, २०७७ मंगलबार २०:६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया