राजस्थानलाई ५७ रनले पराजित गर्दै मुम्बई आईपीएलको शीर्ष स्थानमा

राजस्थान रोयल्समाथि ५७ रनको फराकिलो जित निकाल्दै साविक विजेता मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा पुगेको छ ।

टस जितेर पहिलो ब्याटिङ गरेको मुम्बईले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको राजस्थान १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ३६ रनमा समेटियो । 

मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९३ रन बनाएपछि राजस्थानले १९४ रनको लक्ष्य पाएको थियो । जितका लागि मुम्बईका सूर्यकुमार यादवले अविजित ७९ रनको अर्धशतकीय इनिङ्स खेले । 

मुम्बईका लागि कप्तान रोहित शर्मा ३५, क्विन्टन डी ककले २३ रन जोडे भने हार्दिक पाण्डयले अविजित ३० रन जोड्दा कुर्नाल पाण्डयले १२ रन बनाए । 

राजस्थानका श्रेयस गोपालले दुई विकेट लिए भने जोफ्रा आर्चर र कार्तिक त्यागीले एकएक विकेट लिए ।
 
१९४ रनको लक्ष्य पछ्याएको राजस्थानका लागि जोस बट्लरले ७० रनको अर्धशतकीय इनिङ्स खेले भने जोफ्रा आर्चर २४, टम करन १५, महिपाल लोमरोरले ११ रन बनाउदा कप्तान स्टिभ स्मिथ ६ रनमा समेटिए ।

राजस्थानको इनिङ्स धराप पार्न मुम्बईका जस्प्रित बुम्राहले ४ विकेट लिए भने ट्रेन्ट बोल्ट र जेम्स पाटीनसनले दुईदुई विकेट हात पारे । केइरन पोलार्ड, राहुल चाहरले भने एकएक विकेट लिए । 



जितसँगै मुम्बईले ५ खेलमा ८ अंक जोडेको छ । मुम्बईको यो चौंथो जित हो । राजस्थानले ५ खेलमा ४ अंक जोडेको छ ।



  • प्रकाशित मिति : असोज २१, २०७७ बुधबार ५:३७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया