बाबुरामको प्रश्न : प्रदेशको नाम जाति र भाषाको पहिचानमा राख्न नहुने, यो कहाँको संघीयता हो ?
फाइल तस्बिर

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रदेशको नाम नदी र भूगोलको आधारमा राख्नु हुने तर जाति र भाषाको पहिचानमा किन राख्नु नहुने भन्दै प्रश्न गरेका छन् । 

बाबुरामले प्रदेशको नाम नदी र भूगोको पहिचानमा मात्र राख्दा मार्क्सवाद, लोकतन्त्र र संघीयता नै हराएको भन्दै प्रश्न गरेका हुन् । उनले अमेरिका र भारतमा जातिय पहिचानका आधारमा प्रदेशको नाम राख्दा देख नटुक्रिने तर नेपाल टुक्रिने भन्दै उल्टै प्रश्न गरेका छन् । 

‘हाम्रा प्रदेशका नाम नदी/भूगोलको पहिचानमा मात्र राख्न पर्ने तर विविध जाति/भाषाको पहिचानमा राख्न नहुने ? यो कहाँको मार्क्सवाद/लोकतन्त्र/संघीयता हो ?’, बाबुरामले ट्वीट गर्दै प्रश्न गरेका छन्, ‘अमेरिकामा Alaska,Arizona,Utah आदि, भारतमा तामिलनाडु, बंगाल, पंजाब आदि अधिकांश जाति/भाषाका नाममा राज्य हुँदा देश नटुक्रने तर नेपालमा टुक्रने ?' 

अहिले केपी ओली सरकारले महेन्द्रपथमा गएर प्रदेशको नाम राखेको भन्दै उनले आपत्ति जनाएका छन् । हिजो मगरात तमुवान, ताम्सालिङग र नेवार स्वायत्त प्रदेशका पदाधिकारीले ओलीकै पथमा लागेर लुम्बिनी, गण्डकी, र बागमती नाममा टेबल ठटाएको भन्दै बाबुरामले आपत्ति जनाएका हुन् । 

‘हिजो मगरात/तमुवान/ताम्सालिंग/नेवा स्वायत्त प्रदेशका पदाधिकारी अहिले महेन्द्रपथका अवतार श्री ७ खड्गप्रसादको आदेश पालना गर्दै लुम्बिनी/गण्डकी/वागमती नाममा टेवल ठटाइरहेको देख्दा भूपीको पंक्ति याद आयो-"मरेर शहीद हुनेहरू हो,बाँचेर त हेर,बाँच्न झन् गाह्रो छ ।’ सरी लली रोका,सुरेश वाग्ले’, बाबुरामले अर्को ट्वीटमा लेखेका छन् ।  





  • प्रकाशित मिति : असोज २१, २०७७ बुधबार ६:२४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया