ट्रम्पले ‘कोरोना कम घातक छ’ भनेर लेखेको सन्देश फेसबुकले हटायो

कोरोना भाइरस (कोभिड-१९) फ्लूभन्दा कम घातक भएको भन्दै अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले गरेको पोस्टलाई फेसबुकले हटाइदिएको छ । 

अस्पताल भर्ना भएको तीन दिनमै ह्वाइट हाउस फर्किएका ट्रम्पले कोरोना फ्लू भन्दा कम घातक भएको भन्दै गरेको पोस्ट फेसबुकले हटाएको हो । 

‘फ्लू सिजनको साथमा बाँच्न सिक्नुहोस् । हुन त हामी कोभिडसँग बाँच्न सिकिरहेका छौं’, राष्ट्रपति ट्रम्पले उनको फेसबुक पोस्टमा लेखेका थिए, ‘धेरैजसो जनसंख्यामा यो निकै कम घातक छ ।’

फेसबुकमा पोस्ट गरेकै सन्देश ट्रम्पले ट्विटरमा पनि राखेका थिए । फेसबुकले हटाएको यो सन्देश ट्वीटरले भने लुकाएको छ । ट्रम्पको ट्वीट भ्रामक र सम्भावित हानिकार जानकारी मुलुक सन्देश भएको चेतावनी ट्वीटरले दिइएको छ । ट्विटरमा उक्त चेतावनी क्लिक गरेर पढेपछि मात्र ट्रम्पको सन्देश देखिन्छ । 


यता फेसबुकका नीति सञ्चार प्रबन्धक एन्डी स्टोनले फेसबुकले कोरोनाबारेको गलत जानकारी हटाएको स्वीकार गरेका छन् । उनले ट्रम्पको पोस्ट् पनि हटाएको स्वीकार गरेका हुन् । 

‘हामी कोभिड-१९ को गम्भीरताबारे गलत जानकारी हटाइदिन्छौं’, एन्डी स्टोनले बीबीसीसँग् कुरा गर्दै भनेका छन्, ‘हामीले यो पोस्ट पनि हटाइदिएका छौं ।’





  • प्रकाशित मिति : असोज २१, २०७७ बुधबार ८:०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया