सांसदले लुम्बिनी, गण्डकी, बागमती नाममा टेबल ठोकेको देख्दा बाबुरामले सम्झिए भूपीको कविता

अञ्चलकै नामबाट प्रदेशको नामकरण गर्नु महेन्द्रपथ भएको जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले बताएका छन् । 

प्रदेश ५ को नाम लुम्बिनी कायम भएको भोलिपल्ट बुधबार ट्विटरमा लेख्दै भट्टराईले यसलाई सहिदको अपमान भनी टिप्पणी गरेका छन् । जातीय पहिचानका आधारमा प्रदेशको नाम हुनुपर्ने तर्क उनको छ । 

‘हिजो मगरात,तमुवान, ताम्सालिङ, नेवा, स्वायत्त प्रदेशका पदाधिकारी अहिले, लुम्बिनी, गण्डकी, वागमती नाममा टेवल ठटाइरहेको देख्दा भूपीको पंक्ति याद आयो उनले लेखेका छन् ‘मरेर शहीद हुनेहरू हो,बाँचेर त हेर,बाँच्न झन् गाह्रो छ’ 

उनले सहिद लली रोका, सुरेश वाग्लेसँग माफीसमेत मागेका छन् । 





  • प्रकाशित मिति : असोज २१, २०७७ बुधबार ११:५९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया