स्लो ओभरका कारण जरिवानामा पर्ने तेस्रो कप्तान स्मिथ

अहिले इन्डियन प्रिमियर लिगको १३औं संस्करण संयुक्त अरब इमिरेट्स (युएई)मा जारी छ । सेप्टेम्बर १९ देखि सुरु भएको लिगमा २० खेल सकिँदा तीन कप्तानले स्लो ओभर बलिङका कारण १२ लाख भारतीय रुपैयाँ जरिवाना तिर्नुपरेको छ ।

यसअघि रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहली र दिल्ली क्यापिट्ल्सका कप्तान श्रेयस अयरले जरिवाना तिरिसकेका छन् । जरिवाना तिर्ने कप्तानको सूचीमा परेको तेस्रा  खेलाडी हुन् राजस्थान रोयल्सका स्टिभ स्मिथ ।

मंगलबार राति अबुधाबी स्थित शेख जायद क्रिकेट मैदानमा भएको मुम्बई विरुद्धको खेलमा स्लो ओभर गरेको भन्दै आयोजकले स्मिथलाई जरिवाना गराएको हो । उक्त खेल राजस्थानले ५७ रनले गुमाएको थियो । मुम्बई दिएको १९४ रनको लक्ष्य पछ्एको  राजस्थानले मात्र १३६ रन बनाउन सकेको थियो । 

आयोजकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राजस्थानको यो पहिलो गल्ती हो त्यसैले आइपिएलको न्युनतम ओभर गति नियमअनुसार उसका कप्तानलाई १२ लाख जरिवाना तोकिएको छ ।’





  • प्रकाशित मिति : असोज २१, २०७७ बुधबार १४:२४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया