लुम्बिनी प्रदेशको नयाँ राजधानीबारे जान्नै पर्ने कुरा
भालुबाङ बजार

मंगलबार प्रदेश सभाले प्रस्ताव पारित गरेपछि प्रदेश ५ अब लुम्बिनी प्रदेश बनिसकेको छ। अस्थायी राजधानी बुटलव नै स्थायी राजधानी रहने धेरै को अनुमान थियो। यसअघि निर्णय भएका ४ प्रदेशमा अस्थायी राजधानीलाई नै स्थायी राजधानी कायम गरिएको थियो। 

बुटवलमा अस्थायी राजधानी तोकिनुअघि प्रदेश राजधानीका लागि दाङ चर्चामै थियो। तर देउखुरीका बारेमा कुनै चर्चा थिएन।  प्रदेशसभाले दाङको देउखुरी उपत्यकामा प्रदेश राजधानी रहने प्रस्ताव पारित गरिसकेको छ। प्रदेश राजधानी ठ्याक्कै कहाँ हुने  भनेर थोकिएको भने छैन। 

यस्तो छ देउखुरी उपत्यकाको भूगोल 

देउखुरी दाङ जिल्लाको छुट्टै उपत्यका हो। दाङ र देउखुरी मिलेर जिल्ला बनेको छ। यसैका आधारमा पहिले–पहिले दाङ र देउखुरी भनी जिल्लाको नाम लिने गरिन्थ्यो। जसले दाङ र देउखुरीलाई सहज छुट्याउँथ्यो। तर जिल्लाका प्रशासनिक अड्डाहरु देउखुरीमा थिएनन्। प्रशासनिक कामका लागि घोराही, तुलसीपुर आउँदा देउखुरीबासीले दाङ जाने भन्थे। तर अहिले त्यो अवस्था छैन। दाङको जिल्ला अदालतकै नाम दाङ देउखुरी जिल्ला राखिएको  छ। जसले दाङ र देउखुरी बीचको भिन्नतालाई मेटाएको छ। 

देउखुरी उपत्यका दाङका लमही नगरपालिका, राप्ती गाउँपालिकाका गढवा गाउँपालिका र राजपुर गाउपालिकाका भूभाग पर्छन्। राप्ति गाउँपालिकासँग जोडिएको अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकाका भू–भाग पनि यस उपत्यकामा पर्छ।

राप्ती गाउँपालिकाको भालुवाङ  बजारमा लुम्बिनी प्रदेशको केन्द्र बन्न नसक्ने आँकलन गरिएको छ। राजधानी राप्ती नदिले चर्चेको भाग छोडी राप्ती गाउँपालिकामा केन्द्र रहने भनिएको छ।  राजधानी घोषणा गरिएको क्षेत्र राप्ती नदीको दुवैतिर फैलिएको छ ।



राजधानीका लागि राप्ती गाउँपालिकामा मात्रै नभई राप्ती नदीले चर्चेको .गढवा गाउँपालिकाको वडा नं. १ र २ र अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकाका वडा नंं. ८ र ९ सम्मको भू–भागमा समेट्ने संकेत प्रदेश सरकारले दिएको छ। 

दाङको अन्न भण्डार 



देउखुरी दाङको अन्न भण्डारका रुपमा चिनिने गरिन्छ। समथर भू–भाग तयसमा राप्ती नदीको सिँचाइले देउखुरीलाई अन्न भण्डारका रुपमा स्थापित गरेको छ। देउखुरी उपत्यकामा थारु समुदायको बहुल्यता छ। अधिकांशको मुख्य पेशा नै कृषि हो ।  देउखुरी उपत्यको मुख्य बजार लमही हो भने गढवा र भालुवाङ सहायक बजारमा रुपमा चिनिन्छन्। देउखुरी गाउँ गाउँको उपत्यका भन्ने पनि गरिन्छ। उपत्यकामा अधिकाश ग्रामिण वस्तीहरु नै छ। गाउँहरु विस्तारै फेरिँदै छन्। राप्तीको गहनाका रुपमा चिनिने राप्ती नदी देउखुरीको मध्येभागबाट बग्ने गर्दछ। जसले देउखुरी उपत्यका लागि अझ मनोमहक पारेको छ। 

राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ स्थानीय मोहनलाल सुनारले भन्नुभयो– ‘जमिन प्रशस्तै छ, राप्ती नदिको वारीपारी मन्त्रालयहरु झण्डा फरफराउँदा अझै राप्ती नदि कति राम्रो देखिएला ?’ 

लुम्बिनी प्रदेशको राजधानीको केन्द्र रहने भनिएको भालुवाङ बजार राष्ट्रिय वनको जग्गामा विस्तार भएको बजार हो। जहाँ धेरै ठूला– ठूला संरचना बनिसकेका छन्। तर जग्गाको लालपुर्जा कसैसँग छैन। 

वनको एक छेउमा नदीको ढिकमा बजार बनेको छ। लामो समयदेखि बसिरहेका स्थानीयलाई त्यहाँबाट उठेर जानु पर्लाकी भन्ने पीर छ। 
‘वनमै मन छ, कतिबेला कस्ले उठाउछ भन्ने डर छ ।’ स्थानीय महावीर जिसी भन्छन्

प्रदेशका कुन जिल्लाका लागि कति पायक ? 

लुम्बिनी प्रदेशको स्थायी राजधानी रहने सम्भावना भएको भालुवाङ बजार प्रदेशका १२ वटै जिल्लाको पायक पर्ने स्थानमै छ। प्रदेशको हिमाली जिल्ला रुकुमपूर्व होस् वा पश्चिमको बर्दिया, पूर्वको नवलपरासी, उत्तरमा पाल्पा सबैको बीच भागमा छ भालुबाङ। प्रवी पूर्वको नवलपरासी र पश्चिमको बर्दियाबाट १९० किलोमिटरको दूरीमा छ। पूर्व रुकुमबाट २१० किलोमिटर टाढा छ। त्यस्तै पाल्पादेखि २१० र गुल्मीबाट १५० किलोमिटरको दूरीमा रहेको छ। 

दाङको कुल क्षेत्रमा २ हजार ९५५ वर्गकिलोमिटर छ। यहाँको पुरानो व्यापारिक नाकाका रुपमा रहेको कोइलाबास नाकासुचारु हुने अवस्था छ। जुन देउखुरी उपत्यको राजपुर गाउँपालिकामा अवस्थित छ। 

यो नाका खुलेसँगै प्रदेशको व्यापारमा समेत सहजता थप्नेछ। 

  • प्रकाशित मिति : असोज २१, २०७७ बुधबार १५:५१:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया