पछिल्लो २४ घण्टामा थपिए ३४३९ संक्रमित , १५ जनाको मृत्यु
फाइल फोटो

पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितको संख्या ३४३९ रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभर १५५१ जना कोरोना संक्रमित थपिएका हुन्।   

प्रवक्ता गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या  २५,००७ छ । यसमध्ये संस्थागत आइसोलेसनमा १०,५९६ र होम आइसोलेसनमा १४४११ जना संक्रमित रहेका छन्।

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या  ११२६ रहेको छ । हालसम्म डिस्चार्ज हुने संक्रमित  ६८६६८जना रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन्।

२४ घण्टामा गरिएको पीसीआर परीक्षणको संख्या १४,२०९ रहेको प्रवक्ता गौतमले जानकारी दिए।

 २४ घण्टामा कोरोनाबाट मृत्यु को संख्या १५ जना रहेको छ । जम्मा मृत्यु हुनेको संख्या ५७८ पुगेको छ । 





  • प्रकाशित मिति : असोज २१, २०७७ बुधबार १६:२५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया