डा. केसीको पक्षमा देशव्यापी सत्याग्रहको अपिल

सोलिडारिटी फर डा. केसी अलायन्सले अनशनरत डा. गोविन्द केसीको पक्षमा देशव्यापी सत्याग्रहको अपिल गरेको छ । 

अलायन्सका संयोजक डा. जीवन क्षेत्रीले अपिल जारी गर्दै आग्रह गरेका छन्– ‘डा. केसीका माग पूरा गराउँदै उहाँको जीवन रक्षा गर्नका लागि देशव्यापी रुपमा नागरिक सत्याग्रह सुरु गर्न अपिल गर्दछौँ ।’

अलायन्सले देशैभरबाट कोभिडविरुद्धका सबै नियम र मापदण्ड पालना गर्दै आ–आफ्नो ठाउँबाट डा. केसीको समर्थनमा सत्याग्रह सुरु गर्न अपिल गरेको हो । 

डा. क्षेत्रीले अभियानअन्तर्गत अलायन्सको संयोजनमा आज साँझ ५ बजेदेखि त्रिवि केन्द्रीय विभागका विद्यार्थीले सत्याग्रह गर्ने र भोलि पाटन डबलीमा नागरिक सत्याग्रह सुरु हुने जानकारी गराएका छन् ।

डा. केसीले १९औँ सत्याग्रह सुरु गरेको बुधबार २४औँ दिनमा चल्दै छ । उनको स्वास्थ्य गम्भीर बन्दै गएको भन्दै प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत विभिन्न दल, सामाजिक संघ–संस्था र नागरिक स्तरबाट उनको जीवनरक्षाको माग गरिएको छ । 

यस्तो छ सोलिडारिटी फर डा. केसीको अपिल



स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि डा. केसीले १९औँ सत्याग्रह सुरु गर्नुभएको आज २४ औं दिन भइसकेको छ। यसबीच उहाँको स्वास्थ्य धेरै नाजुक बन्दै गइरहेको छ भने सरकारले उहाँका मागहरु पूरा गर्न र जीवन रक्षा गर्न कुनै कदम चालेको छैन ।

यो पृष्ठभूमिमा डा. केसीका माग पूरा गराउँदै उहाँको जीवन रक्षा गर्नका लागि देशव्यापी रुपमा नागरिक सत्याग्रह सुरु गर्न अपिल गर्दछौँ । त्यही अभियान अन्तर्गत यस अलायन्सको संयोजनमा आज साँझ ५ बजेदेखि त्रिवि केन्द्रीय विभागका विद्यार्थीहरुको र भोलि पाटन डबलीमा नागरिक सत्याग्रह सुरु हुँदै छ ।



देशैभरबाट कोभिड विरुद्धका सबै नियम र मापदण्ड पालना गर्दै आ–आफ्नो ठाउँबाट डा. केसीको समर्थनमा सत्याग्रह सुरु गर्न सबैमा अपिल गर्दछौँ ।

डा. जीवन क्षेत्री,
संयोजक
सोलिडारिटी फर डा केसी अलायन्स

  • प्रकाशित मिति : असोज २१, २०७७ बुधबार १६:४६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया